बिर्तामोडको करेन्ट मनोरञ्जन मेलामा दर्शकहरु झुमे

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

बिर्तामोड, यशोदा फुड्स प्रालिले आफ्नो उत्पादन करेन्ट चाउचाउको प्रवर्दन गर्न विर्तामोडको सुगम पेट्रोल पम्प छेउको मैदानमा आयोजित ‘करेन्ट मनोरञ्जन मेला’मा हजारौ दर्शकहरुले गीत संगीत संग – संगै खेल तमाशाबाट मनोरञ्जन लिए।

चर्चित गायक राजेश पायल राई स्टेज चढ़न खोज्दा सुरक्षाकर्मीहरुबाट साँझ ५ बजे नै कार्यकर्म रोक्न भनेपछि स्टेजमा आफ्नै अन्दाजमा मैले, मायाले दिएको चिनो गाएर एकदमै गम्भीर भएर सुरक्षाकर्मीहरुलाई १ घण्टाको समय थपिदिनु आग्रह गर्दै हामी कलाकारहरु स्टेज चढेपछि गीत गाउनु पाउनु पर्छ र सबैले मनोरंजन लिन पाउनु पर्छ भने।

हामी सबै नियम कानुन पालना गरेर मनोरंजन प्रदान गर्नेछौ र मनोरंजन लिनेछौ भन्दै उनले दर्शन नमस्ते , उकालीमा जाँदा , मत मर्छु कि क्या हो ठूली , म ज्यान दिन्छु , दर्पण छायालगायतका आधा दर्जन गीतहरु मात्र गाए।

राई इज किंग पछि आएका अर्का पप स्टार सबिन राईले पनि लगालग गुराँसको फेद , कालो कालो रात, तिमी नै , आउँछु लगायत आधा दर्जन गीतहरु गाए। मनोरंजन लिन आएका हजारौ दर्शकहरुबीच धेरै गीतहरु गाउने मन हुदा हुदै पनि दुबैले समय छोटयाउँदै थोरै गीतहरु मात्र गाए।

त्यस्तै मनोरंजन मेलामा अन्य गायक/ गायिकाहरुहरु श्रीकृष्ण लुइँटेल , डिल्ली फोम्बो , मिलन अमात्यले आफ्ना चर्चित गीतहरु गएका थिए भने हाँस्य कलाकार जितु नेपालले समसामयिक हास्यव्यंग पस्कदै दर्शक हँसाएका थिए । एभरेष्ट क्रुको बि बोयिंग र जादुगर बलराम सरकारको जादुले पनि दर्शकहरुलाई भरपूर मनोरंजन दिएको थियो।

करेन्ट मनोरंजन मेलामा बिभिन्न खेलका निशुल्क स्टलमा केटाकेटीदेखि युवाहरु झुम्मिएका देखिन्थे भने करेन्ट चाउचाउबाट बनाईएको विभिन्न स्वादका परिकारहरुमा पनि दर्शकहरु झुम्मिएका थिए।

कार्यक्रममै यशोदा फुड्स प्रालिको म्यनेजिंग डाइरेक्टर अर्जुन भण्डारी , ब्रान्ड एम्बेसडर सन्ध्या केसीलगायत कम्पनीका महानुभावहरुले बिभिन्न स्वादको करेन्ट चाउचाउको लन्च गरेका थिए।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

21625