मिडियामा आएको समाचारको खण्डन गर्यो सर्वोच्चले, मनाङेको विषयमा कुनै फैसला भएको छैन

मिडियामा आएको समाचारको खण्डन गर्यो सर्वोच्चले, मनाङेको विषयमा कुनै फैसला भएको छैन…

काठमाडौं, ४ माघ । सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ (दिपक मनाङे) को विषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ।

वादी प्रतिवादीका नाममा मनाङेको नाम नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ बर्ष जेल सजायको फैसला सुनाएको समाचार सम्प्रेषण गरेका थिए ।

‘मनाङेको विषय सर्वोच्चसँग जोडिएपनि मनाङेलाई नै अदालतले ५ बर्ष जेल सजायको फैसला सुनाएको छैन,’ सर्वोच्च अदालतका सञ्चाविज्ञ किशोर पौडेलले भने, ‘तत्कालिन पुनरावेदन अदालतले जेल सजाय सुनाएकाले त्यसैलाई नै स्वीकार्नुपर्छ ।’ नेपाल समाचारपत्रले खबर छापेको छ।





Comments

comments

Leave a Reply

21647