अझै फेला परेनन् सिलवाल

कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा छानबिनमा तानिएका पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न आइतबार ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्केको छ।

ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवालले अनलाइन सञ्चार माध्यमलाई आफू भट्टेडाँडामा जनताका प्रतिनिधिबीच रहेको र प्रहरीकै वरिपरि रहेको बताएपछि प्रहरी परिसर ललितपुरबाट १ सय ६५ जनाको टोली उक्त क्षेत्रमा परिचालित भएको थियो ।

ललितपुर प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दले सिलवालकै खोजीका लागि मात्रै प्रहरी परिचालन नभएको बताए । उनले त्यसलाई नियमित परिचालनका रूपमा अथ्र्याए । स्रोतका अनुसार परिसरले सिलवालको खोजीमा महानगरीय प्रहरी कार्यालयबाट १ सय ५० जनाको थप मद्दत मागेको थियो भने परिसरबाट १५ जनासहित १ सय ६५ जनाको टोली खटिएको थियो । स्रोतका अनुसार टोलीले सिलवाल रहन सक्ने सम्भावित घर वरिपरि निगरानी गरेको थियो । दिनभर खोजीमा रहे पनि प्रहरीले सिलवाललाई फेला पार्न सकेन ।

कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको भन्दै सिलवालसँग सोधपुछ र बयान लिन काठमाडौं प्रहरीले उनलाई पक्रन गत पुस १८ मा ललितपुर प्रहरीलाई पत्राचार गरेको थियो। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

21688