नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण भएको छ।
अवैध रुपमा घरेलु महिला कामदार कुवेत लैजाने गरेको आरोप लाग्दै आएका गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन तामाङले न्यौपानेमाथि आक्रमण गरेका हुन् ।
कुवेतमा रहेका म्यानपावर व्यवासयीविरुद्ध समाचार लेखेको भन्दै तामाङले अध्यक्ष न्यौपानेलाई कुटेका हुन्। आजको कान्तिपुरमा यो खबर छ।
यसैगरी, गैरआवासीय नेपाली संघकम प्रवक्ता भूषण घिमिरद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकारमाथि भएको सांघातिक हमलाको घोर निन्दा र भत्सर्ना गरिएको छ।