जेल जाँदाजादैँ रेशम चौधरीले भनेः मेरो संसदमा जाने ढोका बन्द भएको छैन

टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले साढे दुई वर्षपछि सोमबार बिहान कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका छन्।

दिनभर चलेको बयान र बहसपछि अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको खबर आजको नयाँ पत्रिकामा छ।

अदालत परिसरमै पत्रकारसँग कुराकानी गर्दै चौधरीले संसद्मा जाने ढोका बन्द नभएको बताए । कारागार चलान गरिनुअघि उनले भने, ‘यो नै अन्तिम फैसला होइन, त्यसैले मेरो संसद्मा जाने ढोका बन्द भएको छैन ।’ उनले अदालतप्रति भरोसा जनाएका छन् । चौधरीले भने, ‘अहिले कारागार चलान गरे पनि आगामी दिनमा अदालतले मलाई न्याय दिनेछ भन्ने विश्वास लिएको छु ।’

कारागार चलानको आदेशले भारी मतले विजयी सांसदको विश्वास नगरेजस्तो देखिएको उनको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचित सदस्य चौधरीले भने, ‘अदालतको आदेश पूर्वाग्रही भयो।’





Comments

comments

Leave a Reply

22239