भावी सन्ततिहरुप्रति उत्तरदायी बन्ने कि नबन्ने?

हामी बिदेश्मा वस्ने नेपालीहरु त्यसमा पनि हामी गोरखाहरु देश वा बिदेश्मा रहेका नेपालीहरुको दु:ख पीडा देखेर,सुनेर भाबुक बन्छौ र मानबीय कर्तब्य सम्झेर दिल खोलेर आर्थिक सहयोग गर्ने गरेकाछौ। र यो अति राम्रो पक्ष हो । हामी अहोरात्र श्रम गर्छौ, भावि सन्ततिका सुन्दर भविष्यका लागि भनेर।

सन्तोष थलङ –

अब यहाँ प्रश्न के मात्र हो भने ;
१. हामी दुनियाँको बर्तमान र भविष्यप्रति चिन्तित हुँदै सयौ पाउण्ड चण्दा, दान गर्छौ । बिभिन्न संघ संस्था, पार्टीको लेवी तिर्छौ । कत्तिले ग्याम्बलिङमा समेत सयौ,हजारौ पाउण्ड उडाइरहेका हुन्छौ । तर हामीले आफूलाई भन्दा बढी माया गरेका प्यारा छोरा छोरी, नाती नातिनीहरुको राष्ट्रियता एवम पहिचानको अधिकार सुनिश्चित गर्दै उनीहरुको भविष्य सुरक्षित र सुन्दर बनाउन अघि सारिएको नागरिकता निरन्तरताको अभियानमा किन सहभागी हुन र १०/२० पाउण्डको सहभागीता जनाउन पनि सक्दैनौ?

२. छोरा छोरी, नाती नातिनीहरुको उज्वल भविष्यका लागि भनेर श्रम गर्छौ, सम्पत्ति कमाउछौ, तर पछि उनीहरुको पहिचानको अधिकार र राष्ट्रियता त्यो हाम्रो पैसाले किन्न सक्छौ र?

त्यसैले तपाईं हामी यो नागरिकता निरन्तरताको अभियानलाई असहयोग या बेवस्ता गर्दैछौ भने हामीले आफ्नै सन्तानहरुमाथि जघन्य अपराध गर्दैछौ । सबै गोरखा दाजुभाइ, दिदीबहिनीहरुले ठण्डा दिमागले सोचौ र कल्पना गरौ, राष्ट्रियताबिहिन शरणार्थीहरुको पीडादायी जीवन भोगाइहरु र त्यही परिवेशमा हाम्रा सन्ततिहरुका प्रतिबिम्ब राखेर हेरौ, अनि एउटा निष्कर्ष निकालौ, भावी सन्ततीहरुप्रति उत्तरदायी बन्ने या नबन्ने?

जय गोरखा !!!

(थलङ गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति (युके/ नेपाल) का प्रमुख संयोजक हुन्। सं.)

Comments

comments

Leave a Reply

22243