न्युज डेस्क/ एचकेनेपाल डट कम –
२८ फेब्रुवरी हङकङ। सेन्ट्रलस्थित बैंक अफ इस्ट एसियामा पसेर एक अज्ञात व्यक्तिले पिस्तोल देखाएर दिउंसै लुटपाट गरेको छ।
पिस्तोल तेर्साएर धम्काउंदै बैंक कर्मचारीले नोट हालेको प्लास्टिकको झोला लिएर तुरन्त फरार भएको दृश्य सीसीटिभि क्यामरामा देख्न सकिन्छ।
करीब ७० हजार हङकङ डलर लिएर फरार भएका उनलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घटना अपरान्ह करीव ३ बजे भएको बताइन्छ। समाचारः
तसौः एचकेअनसीसी