एल्बम विमोचनको लागि बेलायतबाट नेपाल

भूमिरमज राई / एचकेनेपाल डट कम –

परदेश बसेर नेपाली संगीतमा अतुलनिय योगदान पुर्याउने उत्कृष्ठ गीतकार मध्यका एक गीतकार मुकेश राईले नयाँ गीति एल्बम ‘मनोकांक्षा २’ सार्बजनिक गर्ने तयारी गरेका छन्।

कर्मभूमि बेलायतबाट एल्बम बिमोचन गर्नकै लागि अहिले गीतकार आफ्नो स्वदेशी भूमिमा आई पुगेका छन्।

मनोकांक्षा -२ बिमोचन बिहीबार काठमाण्डौको बिएफबिएस गोर्खा रेडियो, मानभवनमा प्रमुख अथिति ब्याकुल माईला (राष्ट्र गान सर्जक) को आतिथ्यतामा संगीतकारहरु हरि लम्साल, ताराप्रकाश लिम्बु, गायक गायिकाहरु राजेशपायल राई, प्रमोद खरेल, ताराप्रकाश लिम्बु, मिलन अमात्य, मेलिना राई, बानिका प्रधान र अमृता लिम्बुलगायत अन्य अतिथिहरुको उपस्थितिमा ‘मनोकांक्षा २’ सार्बजनिक गर्ने कार्यक्रम रहेको छ।

ई-मिडिया हब युके लिमिटेडले कार्यक्रमको आयोजनाको तयारी गरिरहेको छ । कवि, गीतकार स्वप्निल स्मृतिले एल्बमको समिक्षा गर्ने छन्।

सुशीला लाबुङ राईद्वारा प्रस्तुत ‘मनोकांक्षा २’ मा ताराप्रकाश लिम्बु र हरी लम्सालको सँगीत अनि गायक गायिकाहरु राजेशपायल राई, प्रमोद खरेल, ताराप्रकाश लिम्बु, मिलन अमात्य, मेलिना राई, बानिका प्रधान र अमृता लिम्बुको आवाज सुन्न सकिने छ।

रेकर्डिङकै क्रममा चर्चित बनेका गीतहरु समाबिष्ट ‘मनोकांक्षा २’ स्टार लाईट ईन्टरटेनमेन्टले बजार ब्यबस्थापन गरिरहेको छ।

मनोकांक्षा २ भित्र, मेरो प्यारो मेरो नेपाल, अनमोल मायाको, दुखमा झर्ने, साथी तिमी मेरो, तिमी मेरो संसार, फिका फिका भा छ र के कुरा बसन्तको .. बोलका गीतहरु समाबिष्ट छन्।





Comments

comments

Leave a Reply

22527