वैदेशिक रोजगारमा गएका तीनै छोराको मृत्यु, शोकमा डुब्यो मालिका गाउं

म्याग्दी – ‘दुःखीको घरमा मात्रै तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझै बढी दुःख देउ।’ प्रसिद्ध नाटककार बालकृष्ण समको यो भनाइ म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका धर्मलाल र लीलमतीको जीवनमा चरितार्थ भएको छ।

धनसम्पत्ति आर्जन गरी आमाबुबा र परिवारसँगै सुखीजीवन बाँचौंला भनी विदेशिएका छोराहरूएकदशक आसपासमा रातो बाकसमा घरकै आँगनमा झरेपछि धर्मलाल र लीलमतीले वैदेशिक रोजगारमै तीन छोरालाई गुमाएका छन्। वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा गत शनिबार २९ वर्षको उमेरमा कान्छो छोरा धनबहादुरको शव बिहीबार गाउँमा पुगेपछि धर्मलाल र लीलमतीले आफ्नो कोखबाट जन्मिएको अन्तिम सन्तानलाई गुमाउँदा बेली र जेम गाउँ शोकमा डुबेका छन्। नागरिक दैनिकमा खबर छ।

प्यारालाइसिसबाट ग्रस्त ७२ वर्षीय बुवा धनबहादुर र पेट तथा मुटुकी रोगी ६८ वर्षीया आमा लीलमतीले छोराको शव आएको बाकसमा मुड्की बजार्दै भगवानले पनि पक्षपात गरेकोमा मुर्छित नहोउन्जेलसम्म बिलौना गरे ।मृत्युलाई समेत नचिनेका बालबालिकाको आँखामा समेत आँसु देखिन्थ्यो ।‘भगवानले हाम्रो परिवारलाई धोका दिए,तीनवटा छोराको शव बाकसभित्र पठाए,’ मुर्छित अवस्थामा रहेकी लीलमतीले भनिन्।

गत चैत ११ गते मलेसियाबाटै आएका साहिँला छोरा थमबहादुरसँगै चैतेदसैंको रमझममा बिताएका परिवारले सोही दिनको साँझपख कान्छो छोराले संसार छाडेको खबर सुनेलगत्तै बेहोस भएकी लीलमतीले आफ्ना चाहनालाई भगवानले खोसेको बताइन्। ‘निष्ठुरी दैवसँग अब केही गुनासो छैन्,गरिबको परिवारबाट एकपछि अर्को छोरालाई खोसे,’उनले भनिन्। कच्ची दुईतले घरमा मातापिताको नियमित औषधोपचारमा मलेसियाबाट पैसा पठाउने छोराको मृत्युले दुवैका आँखामा आँसु थामिएका छैनन्।

सुतेकै अवस्थामा मृत्यु
धनबहादुर र लीलमती रोकाका ४ भाइ छोरामध्ये जेठा तमबहादुर रोका,माइला भक्तबहादुर रोका र कान्छा धर्मलाल रोकाको कम्पनीमा ड्युटीमै मृत्यु भयो। सबैभन्दा पहिला वैदेशिक रोजगारीका लागि १२ वर्षअगाडि माहिला भक्तबहादुर रोका कतार गए। विवाह गरेको केही महिनामै कतार गएका भक्तबहादुरको चौबीस महिनामा मृत्यु भयो। कतारमा भाइको मृत्यु भएपछि घरपरिवारको खर्च जोहो गर्न जेठा छोरा भक्तबहादुरको मलेसिया गएको १८ महिनापछि मृत्यु भयो। दुई दाजुको मृत्युको पीडालाई लुकाउन कान्छो छोरा मलेसियामै पुगेका थिए। पढाइमा राम्रो भएपनि घरको आर्थिक अवस्था कमजोर रहेकाले पढाइ छाडेर मलेसिया पुगेका धनबहादुरको सल्लाहमा उनी पुगेको करिब ७ महिनापछि साहिँला छोरासमेत रोजगारीको खोजीमा मलेसिया पुगेका थिए। दुईवटा छोराको सुतिरहेको अवस्थामा र एक छोराको डियुटीमै मृत्यु भएको आफन्तको भनाइ छ।





Comments

comments

Leave a Reply

22607