अस्पतालको छैटौं तलाबाट हाम्फालेर अमेरिकी नागरिकद्धारा आत्महत्या

काठमाडौं – वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।

ट्रमा सेन्टरमा उपचाररत जोन नाम गरेका अमेरिकी नागरिकले आइतबार आत्महत्या गरेका हुन्।

भिसा अवधि गुजारेर नेपालमै बसिरहेका उनलाई केही समयअघि अध्यागमन विभागले पक्राउ गरेर थुनामा राखेको थियो ।

थुनामा रहँदा बिरामी परेपछि उनलाई केही दिनअघि ट्रमा सेन्टर पुर्याइएको थियो ।

आइतबार आफ्नो सुरक्षामा खटिएका तीन प्रहरीलाई धकेल्दै छैटौं तलामा पुगेर उनी हाम्फालेका थिए । कान्तिपुरमा खबर छापिएको छ।





Comments

comments

Leave a Reply

22648