मुख्यमन्त्री पत्नीलाई घरमै बसी–बसी तलव

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ ।

पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी शिक्षकको नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालय जान छाडे पनि घरमै बसेर तलव खाइरहेको खुलेको खबर अन्नपूर्णपोस्ट दैनिकमा छ।

मुख्यमन्त्री शाही, प्रधानाध्यापक अनिपाल शाही र जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीसँग छलफल गरी चन्दाले चालु आवको फागुनमा निकासा भएको दोस्रो चौमासिकसम्मको तलब लिइसकेकी छन् ।

तत्कालिन माओवादी विद्रोही शान्ति प्रक्रियामा आएपछि श्रीमानसँगै ब्यारेकमा बसेकी चन्दाकुमारी तलबलिने समयमा हाजिर गर्न आइ तलब बुझ्ने गरेको स्रोतले जानकारी दिएको छ । ०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा कालिकोटबाट महेन्द्रबहादुर निर्वाचित भएपछि उनी पतिसँगै काठमाडौं बस्दै आएकी थिइन् ।





Comments

comments

Leave a Reply

22683