साढे ११ करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा परशुराम बस्नेतलाई सफाइ

काठमाडौँ: विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा परशुराम बस्नेतलाई सफाइ दिएको छ । आइतवार अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले बताए ।

उनले युवा संघका नेता समेत रहेका बस्नेतमाथि लगाइएको सम्पत्ति शुद्धीकरणअन्तर्गत कसुर गरेर आर्जन गरेको सम्पत्ति शुद्धीकरण विभागको मुद्दामा मागदाबी गरेअनुसारको कसुर गरेको ठहर नभएकाले सफाइ दिएको बताए ।

बस्नेतसहित उनकी श्रीमती अञ्जुसिंह बस्नेतलाई पनि विशेष अदालतले सफाइ दिएको छ । सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरणअन्तर्गत ११ करोड ६१ लाख ४१ हजार ९७७ आर्जन गरेको भन्दै बिगोसहित अदालतमा मुद्दा दायर गरेको थियो । अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

22748