सरकारबाट चीन भ्रमणको गृहकार्यः परराष्ट्रमन्त्री जाँदैछन् चीन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ।

भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जाँदै छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीको आगामी सोमबार चीन जाने तयारी छ।

दुवै मुलुकबीच विगतमा भएका सहमति सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्रयासको समीक्षा गर्न र उच्चस्तरीय भ्रमणको तयारीका लागि उनी बेइजिङ जाने तयारीमा जुटेका हुन् ।

चिनीयाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणको तयारीमा जुटेको खबर नेपाल समाचारपत्रले छापेको छ।





Comments

comments

Leave a Reply

22816