धीरजलाई ३० किलोको माला र १ लाख रुपैयाँसहित नागरिक अभिनन्दन

एचकेनेपाल डट कम संवाददाता-
ललितपुर। गायक तथा सामाजिक अभियन्ता धीरज राईलाई ३० किलोको माला र १ लाख रुपैयाँसहित नागरिक अभिनन्दन गरिएको छ।

प्याङ गाउ संस्कृति संरक्षण युवा समाजले बाजागाजासहित ललितपुर नगर परिक्रमा गरी नागरिक अभिनन्दन गरिएको हो।

ललितपुरका मेयर गजेन्द्र महर्जन गायक राईलाई अभिनन्दन गर्दै भने- समाजमा धीरज जस्ता युवाहरुको खाँचो छ, उहाँको अभियानमा मेरो पनि समर्थन छ।

गिनिज वर्ल्ड रेकर्डमा नाम राख्ने उद्धेश्य प्रमुख होइन संसारभरको ७५ प्रतिशत किताबहरुमा बुद्धको जन्म भारतमा भएको लेखिएको छ। त्यो सच्याउने उद्धेश्य चाहिं प्रमुख हो, गायक धीरजले भने।

गायक धीरज राईले करीब १२ वर्षदेखि बुद्ध जन्मभूमि नेपाल हो भनेर विश्वमा फैलाउनु भएकोले अभिनन्दन गरिएको आयोजक संस्थाले जानकारी दिए।





Comments

comments

Leave a Reply

22884