कहाँ छन् ‘सुन डन’ गोरे ? पत्नी निरु खरेल भन्छिन् – डिभोर्स दिन्छु

काठमाडौं – गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) भारत हुँदै तेस्रो मुलुक भाग्न सक्ने अनुमान गरिएको छ।

सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलुगडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीहरुले गरेका हुन्।

तस्करीको सुन जिम्मा लिएर भरियालाई विमानस्थलसम्म पठाउने काम गर्ने गरेको समितिको बयान दिने क्रममा उप्रेतीसँग सम्लग्न रहेकाहरुले बताएका छन्।

उनको खोजीमा इन्टरपोललाई जानकारी गराईसकिएको छ । ३४ जना फरार अभियुक्तको खोजिका लागी प्रहरीका फरक-फरक टोली खटाइएको छ।

यसैबीच, सुन डन मानिने उप्रेतीसँग उनकी पत्नी निरु खरेल उप्रेतीले डिभोर्स दिने बताएका घटनाको विवरणमा उल्लेख छ। राजधानी दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

23090