सन्तोष गुरुङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि 🙏🌹 (भिडियोसहित)

सन्तोष गुरुङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि 🙏🌹
न्युज डेस्क / एचकेनेपाल डट कम –
१७ मे, हङकङ। मे ७ तारिखका दिन हङकङको साई कुङ रक पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका सन्तोष गुरुङको पार्थिव शरीरमा विहीवार अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिएको छ।

युनिभर्सल फ्युनरल पार्लर हुङ हाममा अन्तिम श्रद्धाञ्जलिसभा सकिएपछि सन्तोषको शव नेपाल लगिने भएको छ।

अन्तिम श्रद्धाञ्जलिको LIVE VIDEO हेर्नुहोस् र शेयर गर्नुहोस्

लाईभ भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

हङकङमा डुबेर मृत्यु भएका सन्तोषको शव १७ तारिख नेपाल लगिने

न्युज डेस्क / एचकेनेपाल डट कम –
१३ मे, हङकङ। गत सोमबार हङकङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका सन्तोष गुरुङको शवलाई नेपाल लगिने भएको छ।

पारिवारिक स्रोतका अनुसार १७ तारिख विहीवारका दिन सन्तोषको शव नेपाल लगिने भएको छ। नेपाल लानुअघि विहीवार बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म युनिभर्सल फ्युनरल पार्लर हुङ हाममा अन्तिम श्रद्धाञ्जलिको लागि सन्तोषको शव राखिने भएको छ।

श्रद्धाञ्जलिसभा सकिएपछि सन्तोषको शव नेपाल लगिने छ। हङकङमा हुर्कि बढेका सन्तोषको स्थायी घर रामबजार पोखरा हो। सन्तोषको गुरुङ परम्परा अनुसार दाह संस्कार गरिने छ।

हङकङमा डुबेर एक नेपाली युवकको मृत्यु, युवतीको उद्धार
न्युज डेस्क / एचकेनेपाल डट कम –
८ मे, हङकङ। हङकङको प्रख्यात साई कुङ रक पुलमा पौडी खेल्ने क्रममा डुबेर नेपाली युवक सन्तोष गुरुङको सोमबार मृत्यु भएको छ। सन्तोषसंगै डाइभ हानेकी युवतीको भने उद्धार गरिएको छ।

दुबै जनाले संगै हाम्फाल्दा युवतीले उद्धारको लागि कराएपछि उनलाई तत्काल उद्धार गरिएको थियो भने सन्तोष पानीमा बेपत्ता भएका थिए। सन्तोष पानीमा बेपत्ता भएपछि प्रहरीलाई करीब पौने १२ बजे खबर गरेको थियो। खबर पाउनसाथ घटनास्थल पुगेको उद्धार टोलीले सन्तोषलाई ३ बजेमात्र फेला पारेको थियो। अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषित गरेको थियो।

पोखरा रामबजारका सन्तोषले २ दिनअघिमात्र लामा पावर स्टेशनको काम छोडेर अर्को कामको खोजी गर्दै थिए।

पौडीबाजहरुको लागि प्रख्यात गन्तव्य मानिएको उक्त ठाउंमा सन्तोषसहित आइतवार अन्य केही रात बिताउंने गरी क्याम्पिङ गएका थिए।

सन् २०११ मा पनि १७ वर्षीय एक किशोरको त्यहाँ डुबेर मृत्यु भएको थियो।

अकालमा ज्यान गुमाएका सन्तोषप्रति हार्दिक श्रद्धाञ्जलि 🙏🌹व्यक्त गर्दै मृतात्मले शान्ति पाओस् भन्ने प्रार्थना गर्दछौं साथै यस दुखद घडिमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। प्रतिक्रियाको लागि यहाँ जानुहोस्

तस्वीर सौजन्यः एप्पल डेली, एचकेअनसीसी





Comments

comments

Leave a Reply

23142