निजी विद्यालयमा भारतीय पुस्तकको बिगबिगी

सप्तरी – सरकारले शिक्षा क्षेत्रको सुधारका नियम तथा मापदण्ड अपनाउँदै आएको भए पनि सप्तरीमा भने पुरानै रबैया कायमै छ।

शिक्षा मन्त्रालयअन्तर्गतको पाठयक्रम विकास केन्द्रको शैक्षिक सत्र २०७५ का लागि पाठ्य सामग्रीका रुपमा प्रयोग गर्ने पुस्तकको मापदण्ड निर्धारण गरी विभिन्न प्रकाशन संस्थाको पुस्तकलाई स्वीकृति प्रदान गरेको छ।

तर यहाँका विद्यालयले भने कमिशनको चक्करमा सरकारको उक्त व्यवस्थाको धज्जी उडाउँदै पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति नै नपाएका भारतीय प्रकाशन गृहका पुस्तकहरु आ-आफ्नो विद्यालयमा लागू गरेका छन्।

यस्तो विद्यालयको सूचीमा देखिएका छन, राजविराजको एक निजी स्कुल । उक्त स्कुलले आफ्नो विद्यालयमा नर्सरीदेखि युकेजीसम्म भारतको नयाँ दिल्लीको अरबिन्द प्रकाशनद्वारा प्रकाशित स्टेप वाई स्टेप, लर्निङ विथ साइन्स भाग १ र २ नाम पुस्तक लागू गरेको खबर गोरखापत्रमा समाचार छ।

उक्त पुस्तक लागू गर्न भारतीय प्रकाशक संस्था अरबिन्द प्रकाशनले विद्यालयलाई मोटो रकम दिएको छ स्रोतको भनाइ छ।





Comments

comments

Leave a Reply

23184