बिहे नगरे पनि बच्चा जन्माउन पाउने

संसारभरीका महिलाले दशकौंदेखि उठाउँदै आएको मुद्दा हो– आफ्नो शरीर, आफ्नै हक ।

जुन यौन तथा प्रजनन् हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो। पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाइसकेको छ।

विवाह गरेर पनि आफ्नो इच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने कानुन त नेपालमा पनि बनिसकेको छ।

अब भने पश्चिमा मुलुकमा झैं नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नैपर्ने कानुनी व्यवस्था हट्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजनन् सम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

23254