काम नगर्ने ठेकेदारलाई जेल हाल्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – नारायणगढ मुग्लिन सडकको स्तरोन्नती र सुधारको समय पाँचौ पटक थप्ने तयारी गरिएको छ।

२४ महिनाभित्र सक्कने गरी सन् २०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नतीका लागि अहिलेसम्म चार पटक म्याद थप भइसकेका छन्।

काम नगर्ने ठेकेदार जेलमा

गृहमन्त्री रामबहादुर थापाले समयमै काम नसक्ने ठेकेदारको सूची बनाएर पहिला सच्चिने मौका दिन र त्यस अवधिमा पनि नसच्चिए जेल हाल्न निर्देशन दिएका छन्।

विभिन्न मन्त्रालयका सचिव, पहरी प्रमुख, काठमाडौं तथा ललितपुरका मेयर, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाएर बुधबार गृहमन्त्रीले निर्देशन दिएका हुन्।

निर्देशनपछि गृह मन्त्रालयले भवन, सडक र पुल निर्माणको ठेक्का पाएर लापरबाही गर्ने ठेकेदार र कम्पनीको विवरण एक साताभित्र पठाउन बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको खबर कान्तिपुरमा छापिएको छ।





Comments

comments

Leave a Reply

23298