अदालतले कांग्रेस नेता रामजी पौडेल बादल को हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ।
न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको खबर कान्तिपुर दैनिकमा छ।
२०७२ साउच २८ मा पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको हत्या भएको थियो ।
दोषी ठहर भएका ६ जना नै कांग्रेसका कार्यकर्ता हुन्।