एचकेनेपाल डट कम संवाददाता –
अल्डरसट । फोटो पत्रकार मिलन तमुको ‘रोधीं घरको आँगन’ भाग–२ कौरा गीतको भिडियो एलबम सार्वजनिक भएको छ।
फोटो पत्रकार तमुको पहिलो कोसेलीको रुपमा कास्की जिल्लाको रमणीय गाउँ घाचोकमा छायांकन गरिएको गीतका रचना एकेन्द्र गुरुङले गरेका हुन्।
करीब ७ मिनेट लामो भिडियोको गत शुक्रवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
कार्यक्रममा गीतको भिडियो छायांकन स्थलमा पुगेका तमुधिं युकेका अध्यक्ष ज्ञाम तथा प्रेमा गुरुङ, निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र), सल्लाहकार एकेन्द्र गुरुङ,उपाध्यक्ष हित काजी गुरुङ तथा सिता गुरुङ, गोर्खा किचनका भिम गुरुङ, तमुधिं युकेका सल्लाहकार जुमकाजी गुरुङ, सदस्य श्रीप्रसाद गुरुङ र सहकोषाध्यक्ष कुमार गुरुङ समेतको बिशेष उपस्थिति रहेको थियो।
गीतकार एवं पूर्व प्रअ एकेन्द्र गुरुङले कम्प्युटरको माउस क्लीक गरी युटुबबाट सार्वजनिक गरिएको हो।
कार्यक्रममा तमुधिं युकेका उपाध्यक्ष नन्दजङ्ग, एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङ, तमु प्ये ल्हु संघ युकेका पूर्व अध्यक्ष सोम त्होर्जे तमु, ईन्द्र गुरुङ, समाजसेवी नन्दकुमारी गुरुङ, पिपल मोर्गेजका सूर्यप्रकाश गुरुङ, तर्कजङ्ग गुरुङ, गणेश गुरुङ, एबी गुरुङ, पत्रकार बाचस्पति रेग्मी, एम्पायर हलका प्रबन्ध निर्देशक पूरन गिरी, सहारा युकेका अध्यक्ष मिन गुरुङ र उपाध्यक्ष कुमार गुरुङलगायत सहारा युके परिवारको समेत बिशेष उपस्थिति रहेको थियो।
माउसटेल वेभ सर्भिसेसका मान गुरुङको प्राविधिक सहयोग र गोर्खा इन्फरमेशन म्यानेजमेन्टका पूर्ण गुरुङले संचालन गरेको कार्यक्रममा गीतकार एंव फोटोपत्रकार मिलन तमुले गीतको छायांकनमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई धन्यवाद दिदै मायाको चिनो स्वरुप सम्मान पत्र प्रदान गरेका थिए।
हङकङमा नेपाली विद्यार्थीले नाँचेको मनमोहक कौडा नृत्य एक पटक हेर्नुहोला


