Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतको जेलबाट फोन गरेर नेपाली ब्यापारीलाई धम्की

वीरगञ्ज ३ कात्तिक। वीरगन्जका उद्योगी–व्यवसायीहरूलाई तीन महिनादेखि भारतीय नम्बरबाट धम्कीयुक्त फोन आइरहेको समाचार
आजको नागरिक दैनिकमा छापिएको छ। भारतको पूर्वी चम्पारण जिल्लाको मोतिहारी जेलमा रहेका सुनिल सिंहको नामबाट धम्की आउने गरेको प्रहरीले जनाएको छ।

सीमापारिका सुरक्षा निकायसँग पछिल्लो समयमा सीमावर्ती नेपाल प्रहरीको समन्वय बिग्रिएका कारण आपराधिक समूहका गतिविधिमा अंकुश लाग्न नसकेको पीडित व्यापारीहरूको बुझाइ छ।

त्यो समूहको पहिचान भइसकेपछि हामी बिहारस्थित भारतीय प्रहरीसँग समन्वय गरेर नियन्त्रण गर्ने प्रयत्नमा लागेका छौं, पर्साका प्रहरी नायब उपरीक्षक बीरबहादुर ओलीले भने, चाँडै सफलता मिल्ने आशा छ।





Comments

comments

2334