राजधानीमा बर्ड फ्लुको त्रास

काठमाडौं – राजधानीमा नै बर्ड फ्लुको संक्रमण देखिएपछि सन्त्रास फैलिएको छ।

राजधानीको उत्तर पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फार्ममा पालिएको हाँसमा बर्ड फ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ वटा पोल्ट्री फार्ममा पालिएको हाँसमा बर्ड फ्लु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए।

बर्ड फ्लु देखिएपछि राजधानीमा सतर्कता अपनाइएको खबर नेपाल समाचारपत्रमा छ।

राजधानीबाहिरबाट काठमाडौं भित्रिने र राजधानीका वरिपरि पालिएका फार्मबाट हाँस नउठाउन पनि सरकारले निर्देशन दिएको छ।





Comments

comments

Leave a Reply

23363