के गर्दैछन् ‘भिआईपी’ कैदी?

काठमाडौँ, २१ जेठ । डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालगायत कैद जीवन बिताइरहेका छन्। जेल पर्नुअघि प्रतिष्ठित सामाजिक र सुविधाभोगी जीवन बिताइरहेका यी सबै पूर्व भिआइपी हुन्।

सुडान घोटाला काण्डमा दोषी ठहर भई दुइ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाईएका पूर्वआईजिपी राणा झन्डै एक बर्षदेखि जेलमा छन्।

कारागारको क ब्लकमा रहेका उनी अधिकांश समय टेलिभिजन हेरेर विताउँछन्।

सशस्त्रका पुर्वडिआईजी रञ्जन जेलमा पनि सन्की ब्यबहार देखाउँछन्।

घरमा जस्तै रबाफिलो शैली देखाउँछन् दीपक मनाङे । अर्का गुन्डा नाइके गणेश लामाको व्यवहार भने भद्र छ। रेशम चौधरी जेल छिर्दा उत्साहित थिए, तर अहिले निराश बन्दै गएको जेलका कर्मचारी बताउँछन्। नागरिकमा खबर छ।





Comments

comments

Leave a Reply

23474