दलितकै कारण सांसदले डेरा नपाएपछि…

संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफूले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठूलो भेदभाव रहेको र त्यही कारण आफूले एक महिनादेखि डेरा पाउन नसकेको बताईन्।

सबभन्दा दुःखलाग्दो कुरा काठमाडौंजस्तो मुलुकको केन्द्रिय राजधानीमै दलितमाथि यति ठूलो छुवाछुत र भेदभाव रहेछ, उनले भनिन्। हामीले डेरा खोजेको एक महिना पुरा भयो दलित भएकै कारण पाउन सकेको छैन। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

23481