राजपाको वैधानिकता संकटमा

आफैले तोकेको म्यादभित्र महाधिवेशन गर्न नसकी दलको वैधानिकतामाथि नै प्रश्न उठ्ने परिस्थिती उत्पन्न भएपछि राष्ट्रिय जनता पार्टीले समस्याको समाधान खोज्न गृहकार्य सुरु गरेको छ।

मधेसकेन्द्रित ५ वटा दल एकीकृत भई बनेको राजपाले विर्नाचन आयोगमा दल दर्ता गर्दा आगामी असार मसान्तभित्र महाधिवेशन गरिसक्ने प्रतिबद्धता जनाएको थियो।

दलको वैधानिकता जोगाउने उपाय खोज्न राजपा अध्यक्षमण्डलको बैठक मंगलबार बसेको थियो।

हामीले सबै समसामयिक विषयमा छलफल गर्यौँ अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भने, बुधबार पनि बैठक बस्नेछ र आवश्यक निर्णय हुनेछ । कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

23497