बेइजिङमा नेपालको श्रीपेच !

काठमाडौं, २४ जेठ । चीनको राजधानी बेइजिङस्थित दरबार संग्रालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ।

प्रदर्शनीमा राखिएको ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्रीमध्ये एउटा छ, नेपालको श्रीपेच।

श्रीपेच भन्नेबित्तिकै सबैले सम्झन्छन्, तत्कालिन राजाका मुकुट वा राजतन्त्रको प्रतीक । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालिन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ।

नेपाली र नेपालबारे चासो राख्नेहरुले यसलाई बडो अभिरुचिपूर्वक हेर्ने गरेका छन् ।

नेपालको श्रीपेच लेखेरै राखिए पनि यो ‘जेम्स एण्ड जुवल्स अफ इण्डिया’ अर्थात् भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षक प्रदर्शनीमा छ ।

फोर्बिडन सिटीमा गत बैशाख ४ गते सुरु प्रदर्शनी असार ४ सम्म चल्नेछ ।

प्रदर्शनीको आयोजक भारतको ‘द अल थानी कलेक्सन’ र चीनको ‘द प्यालेस म्युजियम टिम’ रहेको प्रदर्शनी कक्षको बाहिर राखिएको बोर्डमा उल्लेख छ। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

23504