ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी

काठमाडौं, ३ असार । पछिल्लो समय नेपालको उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको छ।

उद्योग विभागका अनुसार हालसम्म नेपालमा २ खर्ब ६२ अर्ब ८१ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । यसमध्ये करिब ४० प्रतिशत लगानी हिस्सा चीनको छ ।

हालसम्म चीन (हङकङ र ताइवानसमेत)ले नेपालमा १ खर्ब ५ अर्ब ७६ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरेको छ । जब कि भारतको लगानी प्रतिबद्धता ८६ अर्ब ८६ करोड रुपैयाँ रहेको विभागको तथ्यांक छ ।

चालू आर्थिक वर्षको १० महिनामा नेपालमा ४९ अर्ब ८७ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको खबर नयाँपत्रिकामा छ।





Comments

comments

Leave a Reply

23637