सुस्तावासीले भत्काए भारततर्फ जाने गण्डक नहर

नवलपरासी – गण्डक नहरका कारण खेतीयोग्य जमिन डुबेपछि पीडित किसानले भारततर्फ जाने गण्डक नहरको बाँध भत्काएका छन्।

आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

खेतमा जमेको पानीको निकास नभएपछि सुस्ता गाउँपालिका– २ लक्ष्मीपुरका किसानले नहरको डिल भत्काएका हुन् ।

रातको समयमा उनीहरूले डिल भत्काएर खेतमा जमेको पानी नहरमा पठाएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

भारतीय पक्षले पानीको निकासका लागि साइफल मर्मत नगर्दा बर्सेनि नेपालतर्फको खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको छ ।

छुटाउंनु भयो कि? Tai Tong Park मा BBQ पार्टी खाना जाँदा… (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

23894