पत्रकार सम्मेलनमै पारसले धुम्रपान गरेपछि…

भैरहवा, विवादमा आइरहने पूर्वयुवराज पारस शाहले सार्वजनिक कार्यक्रममै धुम्रपान गरेका छन्।

‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन्।

सम्मेलनका क्रममा बुधबार उनले आफू देशप्रति चिन्तित हुँदै राष्ट्र अभियानमा लागेको बताए । जेठ २२ गते मनकामनाबाट सुरु भएको अभियानअन्तर्गत उनी पाल्पा, गोरखा र लमजुङ हुँदै बुधबार भैरहवा आइपुगेका हुन्।

अभियानबारे पत्रकारलाई जानकारी दिन निमन्त्रणा गरिए पनि पूर्वयुवराजले कार्यक्रमस्थलमै धुम्रपान गरेपछि मुख्य विषय छायामा पर्‍यो । झन्डै २० मिनेट पत्रकारसँग सवाल–जवाफ गर्नेक्रममा उनले तीनपटक धुम्रपान गरेको खबर नयाँ पत्रिका दैनिकमा छन।





Comments

comments

Leave a Reply

23910