नेकपामा ७० वर्षको उमेर हद !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानमा ७० वर्ष पुगेपछि कुनै पनि कार्यकारी कमिटीमा उम्मेदवार बन्न नपाउने व्यवस्था गर्नुपर्ने माग उठेको  छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सम्पन्न स्थायी समिति बैठकमा स्थायी समिति सदस्य योगेश भट्टराईले विधान र नियमावलीमा १८ बुँदे लिखित सुझाब राख्दै त्यस्तो माग गरेका हुन्।

सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा भने उमेर हद खुला राख्न सकिने उनको सुझाब छ । नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23929