डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।

डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले कुनै पनि बेला जीवनदायी उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेन्टिलेटर तयारी अवस्थामा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

‘उहाँ (डा. केसी) लाई विभिन्न समस्याले अट्याक गरिरहेको छ,’ उपचारमा संलग्न डा. पूजन रोकायाले भने, ‘उहाँलाई कुनै बेला पनि गाह्रो हुने देखिएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।’ डा. रोकायाका अनुसार केसीको घाँटीमा संक्रमणको खतरा बढेर गएको खबर नागरिक दैनिकमा छ।

केसीलाई घाँटीमा निकै पीडा भइरहेको छ। ‘घाँटीमा दुखाइ निकै बढेको छ,’ डा. रोकायाले भने, ‘घाँटीमा संक्रमण भएको हुन सक्छ।





Comments

comments

Leave a Reply

24043