एचआईभी संक्रमित तेस्रोलिंगी बढ्दै, भारतबाट फर्केकाहरु झनै जोखिममा

काठमाडौं – तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरु एचआईभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यवहारिक अनुसन्धानमा यस्तो देखिएको खबर कान्तिपुरमा छापिएको छ।

केन्द्रले तराईका २२ जिल्लामा गरेको सर्वेक्षणमा पुरुष समलिंगी र तेस्रोलिंगीमा एचआईभीको व्यापकता दर आठ प्रतिशतभन्दा बढी देखिएको छ ।

केन्द्रले भारतमा काम गरेर फर्केका आप्रवासी पुरुष, उनीहरुका श्रीमती र महिला यौनकर्मी जस्ता जोखिम समूहबीच यस्तो सर्वेक्षण गरेको थियो ।

यस्तो समूहमा कन्डमको प्रयोग, एचआईभीसम्बन्धी ज्ञान र परामर्श सेवा पनि कम देखिएको छ ।

त्यस्तै सुईद्धारा लागूपदार्थ प्रयोगका कारण पनि कतिपय एचआईभीको जोखिममा परेको अध्ययनमा देखिएको छ।





Comments

comments

Leave a Reply

24108