धरानका मेयर सुब्बाको भावपूर्ण बिदाई

रोशन मेवाहागं / एचकेनेपाल डट कम-

सुनसरी, ६ साउन । धरानका मेयर स्वर्गीय तारा सुब्बाको अन्तिम विदाई गरिएको छ।

धरानस्थित पव्लिक माध्यमिक विद्यालयको प्रांगणमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, १ नम्बर प्रदेशका मुख्यमंन्त्री शेरधन राई र प्रदेश ईन्चाज भिम आचर्यले सुब्बाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा र नेकपाको झण्डा ओडाउदै अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

हजारौको उपस्थित रहेको श्रद्धाञ्जलि कार्यक्रममा धरानका पूर्व प्रधानपञ्च बम देवान र पूर्व मेयर ध्यान बहादुर राईले समेत श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

सुब्बाको पार्थिव शरीरलाई नगर परिक्रमा गर्दै धरान वडा नंम्बर १९ स्थित हरियाली बन समुदायको प्रागणमा दोस्रो श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गर्दै करीब ४ बजे दश लिम्बुवान शत्रथुमको रितीरिवाज अनुसार समाधिष्ट गरिएको थियो।

करीब दुई बर्षयता मृगौला रोगले ग्रसित सुब्बालाई साउन १ गते काठमाडौको ग्रान्डि इन्टरनेश्नल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। उनको उपचारको क्रममा निधन भएको हो।

बुबा उजिर सिंह र कुलमाया इस्वो लिम्बुको कोखबाट तेह्रथुम, खागंवालुग्वा गाँउमा उनी वि.स.२०२३ साल माघ १७ गते कान्छा छोराको रुपमा जन्मेका थिए। ३ कक्षा अध्ययन सकेलगतै झापा गोलधाप झरेका सुब्बाले निकेतन माध्यमिक विद्यालय सुनसरी धरानबाट वि.स. २०४२ सालमा प्रवेशिका उतिर्ण गरेका थिए। त्यसयता सुब्बा क्रियाशील रुपमा राजनीतिक यात्रामा होमिएका थिए । उनी वि.स. २०४६ सालमा बैबाहिक जीवनमा बाँधिएका थिए ।

२०७४ साल आषाढ १४ गते सम्पन्न स्थानीय प्रतिनिधि सभाको चुनाबमा तत्कालिक नेकपा एमालेको तर्फबाट शानदार विजयी भएका सुब्बाले वि. स. २०७४ साउन २ गतेबाट धरान उपनगरपालिका नगर प्रमुखका कार्यभार सम्हालेका थिए।

सुब्बाको निधनमा संयुक्त जिल्ला कमिटीको निर्णय अनुरूप पार्टीको झण्डा ३ दिन सम्म आधा झुकाउने र ३ दिनसम्म पार्टीको कुनै पनि कार्यक्रम नहुने जनाएको छ।





Comments

comments

Leave a Reply

24114