न्यायाधीश शर्मा विरुद्ध गंगामाया दिइन् उजुरी

काठमाडौं १७ साउन । छोराको हत्यारालाई कावरवाहीको माग गर्दै पछिल्लो पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कारवाहीको माग गर्दै न्यायपरिषदमा उजुरी दर्ता गरेकी छन्।

हत्याका आरोपित छविलाल पौडेल न्यायीक हिरासतमा बसेसंगै न्यायाधीश शर्माले मुद्धा प्रभावित पार्न विभिन्न गतिविधि गरेको भन्दै अधिकारीले न्यायपरिषद्लाई छाविन गरि कारवाहीको माग गरेकी हुन् । अनुचित प्रभावमा परी न्यायाधीशको आचरण प्रतिकूल हुने गरी काम गरेको भन्दै न्यायपरिषदमा मंगलबार अधिवक्ता पुष्पराज पौडेलले उजुरी दर्ता गराएका थिए।

उजुरीमा हत्याका आरोपी न्यायीक हिरासतमा बसेको भोलि पल्टै आफ्नो मुद्दा हेरि रहेका न्यायाधीश शर्माले साउन २० मा तोकिएको पेशिमा फैसला नै हुन्छ भनि न्यायीक आचरण विपरित प्रतिवादी छविलाल पौडेल समेतको प्रभावमा परी कानून विपरित मुद्दामा कार्वाही गर्ने गरि पत्रकार सम्मेलन गर्नु भएकोले न्याय परिसद ऐन २०७३ को दफा ११ को उपदफा (१) को देहाय (च) को आधारमा यो उजुरी निवेदन दिन वाध्य भएको गंगामायाले जनाएकी छन्। नेपाल समाचारपत्रमा खबर छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

24258