सरकार र सर्वोच्चबीच बढ्न सक्छ द्वन्द्व

काठमाडौं – संसदीय सुनुवाइ समितिले अस्वीकृत गरे पनि अर्को व्यवस्था नभएसम्म दीपकराज जोशी नै कानुनतः कामु प्रधानन्यायाधीश नै रहनेछन् । उनले नै सर्वोच्च अदालतको दैनिक पेशी तोक्नेछन्।

सार्वजनिक सरोकारका विषयका रूपमा संसदीय सुनुवाइ समितिविरुद्ध मुद्दा पर्न सक्छ । यस्तो वेला जोशी हावी हुन सक्छन् । नयाँ पत्रिकामा खबर छ।

यस्तै सरकारका कामकारवाहीबारे पर्ने मुद्दामा पनि कामु प्रधानन्यायाधीशका हैसियतले जोशीले प्रभाव पार्न सक्छन् । यसले संसद् र सरकारसँग न्यायपालिकाको द्वन्द्व बढाउन सक्छ।

जोशीले राजीनामा दिएर मार्गप्रशस्त गर्ने विश्वास सत्तारुढ दलहरूले गरिरहँदा जोशीले भने कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गरिरहने बताएका छन्।





Comments

comments

Leave a Reply

24276