पूर्व राजा ज्ञानेन्द्र शाहका नातेदार जुवाको खालबाट पक्राउ

काठमाडौं, १९ साउन । पूर्व राजा ज्ञानेन्द्र शाहको सौताने पट्टिको दाई रविन्द्र शाहका नातेदार रहेका काजु शाहले कलंकीमा जुवाको अड्डा संचालन गरेको खुलेको छ।

काठमाडौं महानगरपालिका-१४ कलंकी लाम्पाटी बस्ने नानु शाहको घरमा बस्दै आएका उनका ५५ वर्षीय भाई काजु शाहले आफ्नै कोठामा जुवातास खेलाएको खुलेको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ।

प्रहरीले जुवा खेलाई रहेको अवस्थामा सोही ठाउँ बस्ने ६७ वर्षीय रवि राना सहित ९ जनालाई नगद ३० हजार ९ सय २५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार प्रहरीले पक्राउ गरेपछि उक्त कुरा बाहिर आएको छ। यस विषयमा अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।





Comments

comments

Leave a Reply

24282