नेपाली दलालले नै बेच्न पु-याउंछन् दिल्ली!

काठमाडौं २० साउन । नेपाल सरकारको अनुरोधमा भारतले वनारसको बाबतपुर विमानस्थलबाट खाडी देशमा नेपाली नागरिक जान रोक लगाएको छ ।

उद्धार गरिएका मध्ये सबैजसोले तेस्रो देश जान नेपाली दलालले दिल्ली पुर्याएको बयान दिएका छन् ।

उनीहरू सुनौली, नेपालगन्जस्थित सीमाबाट दिल्ली पुगेका थिए । ‘एक हप्ताकै बीचमा ७१ जना नेपाली युवती दिल्लीमा फेला पर्नुको कारण देशभित्रै खोज्नुपर्छ, हाम्रो सीमा प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने अवस्था देखियो,’ नेपाली दूतावासका प्रवक्ता ओडारीले टेलिफोनमा नयाँ पत्रिकासँग भने ।

पछिल्ला २ वर्षमा वनारसबाट सयौँ नेपाली महिला साउदी लगिएका छन् । नयाँ पत्रिकामा खबर छ ।





Comments

comments

Leave a Reply

24288