संघिय लिम्बुवान समाज कतारको केन्द्रिय समितिको जिम्मेवारी वाँडफाँड

तिलविक्रम थेवे, दोहा–कतार –
गतहप्ता संघिय लिम्बुवान समाज कतारले समाजको केन्द्रिय समितिको प्रथम पुर्ण वैठक सम्पन्न गरेको छ। समाजका अध्यक्ष नरेन्द्र एभेङ्ग लिम्बुको अध्यक्षतामा बसेको वैठकले अरुण, सप्ताकोशी पुर्वका नौ जिल्लालाई पहिचान र स्वायत्तता सहितको संघियता राज्य संविधानमा लेखाउन र सोको प्राप्तीको लागि मुलुकमा संघिय लिम्बुवान पार्टी, नेपालको शसक्त र दृडतापुर्वक भइरहेको आन्दोलनको वर्तमान राजनितिक परिस्थितिलाई ध्यानमा राखेर केही विषयहरुमा महत्वपुर्ण निर्णयहरु गर्दै समाजले हरेक तीनतीन महिनामा बस्ने केन्द्रिय समितिको वैठकले अनुमोदन गर्ने गरी, संगठनको दैनिक काम कारवाही, निती निर्णय गर्नको लागि सर्वाधिकार सम्पन्न ११ सदस्य रहेको सचिवालय गठन गरिएको छ।

सचिवालयमा नरेन्द्र एभेङ्ग, यतु कुमार सम्बाहाम्फे, मदन मादेम्बा, तिलविक्रम थेवे, डम्बर लिवाङ्ग, सेवालुङ्ग लिवाङ्ग, अविर मादेन लिम्बु, किरण लिङ्गदेन, रेखा राई, सोहित चेमजोङ्ग र एकोन आङला रहेकाछन्।

केन्द्रिय समितिको सो वैठकले विभागिय बाँडफाँड गरी पदाधिकारीहरुलाई विभागिय जिम्मेवारी समेत तोकेको छ । १. नरेन्द्र एभेङ्ग प्रमुख रहेको संगठन र प्रशिक्षण (स्कुलिङ) विभागमा, यतुकुमार सम्बाहाम्फे, तिलविक्रम थेवे, डम्बर लिवाङ्ग, सेवालुङ्ग लिवाङ्ग र रेखा राई सदस्य रहेकाछन्् । २. धनप्रसाद साँवा प्रमुख रहेको अनुशासन एवं अनुगमन विभागमा देवी थेगुवा, देउकुमार नेम्बाङ्ग सदस्य, ३. तिलविक्रम थेवे प्रमुख रहेको अन्तराष्ट्रिय (व्यूरो) विभागमा यतुकुमार सम्बाहाम्फे, मदन मादेम्बा, डम्बर लिवाङ्ग र सेवालुङ्ग लिवाङ्ग सदस्य, ४. रेखा राई प्रमुख रहेको महिला विभागमा वविता नेम्बाङ्ग सदस्य (अन्य सदस्य थपिदै लगिने), ५. नरेन्द्र एभेङ्ग प्रमुख रहेको सघसस्था समन्वय विभागमा तिलविक्रम थेवे, किरण लिङ्गदेन, रेखा राई सदस्य, ६. किरण लिङ्गदेन प्रमुख रहेको खेलकुद तथा सांस्कृतिक विभागमा युवराज वेघा, शुक्रराज लिम्बु, चन्द्र आङ्गदेम्बे सदस्य, ७. अविर मादेन लिम्बु प्रमुख रहेको आर्थिक विभागमा किरण लिङ्गदेन सदस्य र ८. अन्य सदस्य थपिदै लगिने गरी युवा विभाग प्रमुखमा रुद्र नेम्बाङ्ग लाई जिम्मेवारी ताकिइएको छ।

यसैगरी सनैया १ देखि ३३ सम्म (एरिया १) धनप्रसाद साँवा–संयोजक, किरण लिङ्गदेन –संयोजक (अन्य सदस्य थपिदै लगिने), सनैया ३४ देखि ५२ सम्म (एरिया २) यतुकमार सम्बाहाम्फे–संयोजक, मदन मादेम्वा–संयोजक, देउकुमार नेम्बाङ्ग–संयोजक (अन्य सदस्य थपिदै लगिने), ऐनखालिद लगायत आफ्नो पायक पर्ने स्थानहरुका लागि (एरिया ३) रेखा राई –संयोजक (अन्य सदस्य थपिदै लगिने), दोहा, नेशनल, मुग्लिना, नोज्मा, मतारकादिम लगायत पायक पर्ने स्थानहरुका लागि (एरिया ४) तिलविक्रम थेवे –संयोजक, डम्बर लिवाङ्ग – संयोजक (अन्य सदस्य थपिदै लगिने), वाक्राहा, उमसाइद लगायत पायक पर्ने स्थानहरुका लागि (एरिया ५) देवी थेगुवा – संयोजक, एकोन आङला–सदस्य (अन्य सदस्य थपिदै लगिने), अलखोर, रास्लाफानदेखि दुखान लगायत पायक पर्ने स्थानहरुका लागि (एरिया ६) अशोक योङ्गहाङ्ग–संयोजक, तिलविक्रम थेगिम– सदस्य, दपर्ण आङ्गदेम्बे– सदस्य (अन्य सदस्य थपिदै लगिने) लाई जिम्मेवारी तोकिएको छ।

सो वैठकले मानबहादुर साँवा, सागर तुम्बाहाम्फे, श्याम सुहाङ्ग, र अम्वर लावती सदस्य रहेको सल्लाहकार समिति समेत गठन गरेको छ। वैठकमा समाजका अध्यक्ष नरेन्द्र एभेङ्ग लिम्बुले संगठनको कार्यनिती प्रस्तुत गरेका थिए भने अर्थ सचिव अविर मादेन लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

सचिव एवं प्रवक्ता सेवालुङ्ग लिबाङ्गद्धारा प्रथम चरणको वैठकको संचालन, महासचिव तिलविक्रम थेवद्धारा दोस्रो चरणको वैठक संचालन र उपमाहासचिव डम्बर लिबाङ्गद्धारा माइन्यटिङ्ग गरिएको केन्द्रिय समितिको सो वैठकमा पर्यवेक्षकका रुपमा उपस्थिति भएका इकाई समितिका अध्यक्षहरु दिलकुमार मावो लिम्बु, नरबहादुर थेगिम र मिलन कुमार राई, अतिथी कुमार योङ्गहाङ्ग, र महिला विभाग प्रमुख रेखा राईले आफ्ना भनाइहरु राखेका थिए। वैठकले समायोजन कार्यक्रम तथा समाजको प्रथम अधिवेसनको समिक्षा समेत गरिएको थियो।





Comments

comments

2444
%d bloggers like this: