दुई सन्तान नीति हटाउने तयारीमा चीन

चीन सरकारले दुई सन्तानभन्दा बढी जन्मदरमा लगाउँदै आएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । बढ्दो वृद्ध जनसंख्या र खस्कँदो जन्मदरबीच चीनले यस्तो संकेत गरेको हो।

विद्यमान परिवार नियोजनसम्बन्धी नियमअनुसार अधिकांश चिनियाँ दम्पतीले दुई सन्तान मात्र जन्माउन पाउँछन् । चीनले त्यहाँको ‘अलोकप्रिय’ एक सन्तान नीतिलाई सन् २०१६ मा खारेज गरेपछि दुई सन्तान नीति लागू भएको थियो ।

देशको नागरिक संहितासम्बन्धी सुधारअन्तर्गत दुई सन्तान मात्र जन्माउन पाउने नीतिलाई खुकुलो पार्न लागिएको हो । सो नीति लागू भएमा दशकौँपछि पहिलोपटक चिनियाँ अभिभावकले दुईभन्दा बढी सन्तान जन्माउन पाउनेछन् । नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

24616