Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विश्वकै पहिलो खेलमा नेपाल र बेलायत

काठमाडौं, ५ कात्तिक। विश्वकै पहिलो नेत्रहीन महिला क्रिकेट प्रतिस्पर्धा नेपाल र बेलायतबीच हुने भएको छ। अहिलेसम्म महिला नेत्रहीन क्रिकेटमा अन्तर्राष्ट्रिय खेल भएको छैन। तीन खेलको शृंखला आइतबारदेखि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुनेछ।

महिला नेत्रहीन क्रिकेट टोली बनाउने नेपाल विश्वको पहिलो राष्ट्र हो। नेपालसँग शृंखला खेल्न बेलायती नेत्रहीन टोली सोमबार काठमाडौं आइसकेको छ। उनीहरू पोखरामा बसेर नेपालसँगको तयारी सुरु गरिरहेका छन्।

नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले दुई देशबीच हुने नेत्रहीन महिला क्रिकेट प्रतिस्पर्धा विश्वकै पहिलो हुने दाबी गरे। उनका अनुसार पाकिस्तान नेत्रहीन महिला क्रिकेट टोली बनाउने तेस्रो राष्ट्र हो। नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले अर्को वर्षको नोभेम्बरमा पाकिस्तान भ्रमण गर्ने तयारी गरिरहेको घिमिरेले जानकारी गराए।

बेलायतसँगको शृंखलाका लागि नेपालले असोज ३० देखि पोखरामा तयारी सुरु गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ। सोमबारबाट पुल्चोकमा तयारी सुरु गरिएको छ। नेपाली टोलीकी कप्तानमा भगवती भट्टराई र उपकप्तानमा गीता पौडेल छन्। २ वर्षअघि भारतको बेङ्लोरमा भएको पुरुष दृष्टिविहीन ट्वान्टी–२० क्रिकेटमा भगवतीले दुई महिला खेलाडीको कोटामा खेलेकी थिइन्।





Comments

comments

2465