Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रचण्डले क्यामेरा फिर्ता गर्ने

काठमाडौं, ६ कार्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारी कार्यालयबाट करिब ६ वर्षअघि लिएका क्यामेरालगायतका सामग्री तत्काल फिर्ता गर्ने भएका छन्।

दाहालले आफू प्रधानमन्त्री हुँदा भवन निर्माण सम्भार डिभिजन कार्यालयबाट लिएको एक लाख १६ हजार आठ सय रुपैयाँबराबरको सामान फिर्ता नगरेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।

दाहालका नाममा जिन्सी खातामा देखाइएको बक्यौताबारे अन्नपूर्ण पोस्टमा बुधबार समाचार प्रकाशित भएपछि दाहालले छिटो फस्र्योट गर्न परिवारका सदस्यलाई भनेका छन्। दाहालका छोरा प्रकाशले ती सबै समान तत्काल फिर्ता गरिने जानकारी दिए। सम्बन्धित कार्यालयबाट पनि समयमा यसबारे ताकेता नहुँदा बुझाउने प्रक्रिया अघि बढ्न नसकेको दाहालको पारिवारिक स्रोतले बतायो।





Comments

comments

2474