Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नेपाल बौद्ध परिवारको प्रबचन कार्यक्रम सम्पन्न – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल बौद्ध परिवारको प्रबचन कार्यक्रम सम्पन्न

सुरज गुरङ / एचकेनेपाल डट कम-
नेपाल बौद्ध परिवार द. कोरियाद्वारा प्रत्येक महिना आयोजना गरिदै आएको बौद्ध धर्म सम्बन्धी प्रवचन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेवाः पुच, मना¨ परिवार, मुस्ताङ परिवार र हेलम्बु सम्पर्क समिति द. कोरियाका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको कुरा परिवारका उपाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनु भयो। दुसन्सा गुम्बाको विदेश विभाग प्रमुखबाट प्रत्येक महिनाको पहिलो साता आईतबारका दिन बौद्ध धर्म सम्बन्धी प्रबचन दिदैं आईरहेको र आगामी दिनमा थप व्यवस्थित रुपमा प्रबचन कार्यक्रम सम्पन्न गर्नका लागि तयारी भैरहेको कुरा सचिव प्रितम गुरुङले बताएका छन्।

नेपाल बौद्ध परिवारलाई भविष्यमा सु–व्यवस्थित एवं मान्यता प्राप्त संस्थाका लागि दर्ता प्रकृया अगाडि बढि रहेको कुरा जनाउदै एक जिज्ञासामा परिवारका अध्यक्ष ईश्वर गुरुङले भन्नु भयो। नेपाल र कोरिया बिच एउटा धार्मिंक एवं कुटनैतिक सम्बन्धलाई अझ प्रगाढ र बलियो पार्ने काम विगतदेखि बर्तमानसम्म नेपाल बौद्ध परिवारले पनि ठूलो भूमिका खेलेको छ।

तसर्थ यस संस्थालाई धार्मिक संस्थाका रुपमा नहेरी सबै नेपाली र नेपालको पहिचानलाई समेट्ने गरि मान्यता प्राप्त संस्थाका लागि लुम्बिनी बिकास कोषको समन्वयमा दर्ता प्रक्रिया अगाडि बढिरहेकोछ। यसै विषयमा बृहत रुपमा छलफल गर्न तथा ल्द्यँ लाई आगामी दिनमा सक्रिय र शसक्त रुपमा अगाडी बढाउनका लागि कार्यसमिति भित्र विभिन्न पदाधिकारी सहित केही हेर–फेर गर्नका लागि आगामी नोभेम्बर महिनाको २ तारिख दोसन्सा गुम्बाको प्राङ्गणमा दिनको १२ बजे एक बृहत भेला आयोजना गरिने बताएको छ।

सोही भेलाबाट कार्यसमितिभित्र केही जिम्मेबार पदसहित कार्य–संरचना प्रणालीमा परिवर्तन गरिने भएकोले उल्लेखित मिति, समय र स्थान अनुसार उपस्थित भैइ दिनका लागि बौद्ध धर्म प्रति आस्थावान द. कोरियाका सम्पूर्ण नेपाली दाजु–भाई, दिदी–बहिनीहरुमा नेपाल बौद्ध परिवारका तर्फबाट अध्यक्ष ईश्वर गुरुङले हार्दिक अनुरोध गर्नु भएको छ। साथै उक्त दिन परिवार ल्द्यँ को साधारण सदस्य पनि वितरण गरिने कुरा सम्बन्धित सबैमा जानकारी गराईएको छ।

मितिः २०१४ नोभेम्बर ०२
समयः दिनको ठिक १२ बजे
स्थानः दोसन्सा गुम्बा ९오이동०
थप जानकारीका लागिः
ईश्वर गुरुङ ०१० ६७०७ १९६६
रमेश श्रेष्ठ ०१० ३२६६ ९०३३
प्रितम गुरुङ ०१० ८६९५ ७७९८
प्रकाश लामा ०१० ३०३९ २७२५
पेम्बा लामा ०१० ६४६८ ७१८६





Comments

comments

2480