चार देशको रहस्यमय भ्रमणमा पूर्व राजा

पूर्वराजा ज्ञानेन्द्र विक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ ।

उनका ती भ्रमणहरु राजनीतिदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त छन् ।

२०७५ भदौ २९ गतेबाट थाइलैण्ड भ्रमणमा निस्केका शाह एक महिना पुरै विदेशमा विताउने छन् । २९ भदौमा विदेश भ्रमणमा निस्केका पूर्वराजा शाह ३० असोजमा नेपाल आईपुग्नेछन् ।

यो समयमा उनी थाइलैण्ड, श्रीलंका, भारतदेखि माल्दिभ्ससम्मको यात्रा गर्नेछन् ।

२९ भदौमा थाईलैण्ड निस्केका पूर्व राजा शाहको परिवारले त्यहाँ शुद्ध पारिवारिक भ्रमण सम्पन्न गरेका छन् ।

पूर्व अधिराजकुमारी हिमानी शाहका छोरीहरु पुर्णिका र कृतिकासंग भेटघाट गरेपछि पूर्व राजपरिवारको टोली अहिले श्रीलंका पुगेको खबर साँघु साप्ताहिकमा छापिएको छ।





Comments

comments

Leave a Reply

25017