Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कतारमा शुभ दिपावली तथा देउसी भैलो कार्यक्रम

कुमार अविरल पन्थी / एचकेनेपाल डट कम –
कतार। हिन्दूहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन अवसरमा गुल्मी सेवा समाज कतारले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष पनि शुक्रवारका दिन नज्मास्थित इस्ट वेस्ट रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष शिव खड्काको सभापतित्व रहेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टि.वी. कार्की प्रमुख अतिथि रहनु भएको थियो। साथै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका महासचिव बिनोद भट्टराई, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका द्वितीय उपाध्यक्ष सियाराम चौधरी, नेपाली महिला समाज कतारका अध्यक्ष रेखा राई बिशेष अतिथि रहनु भएको थियो।

प्रवासी नेपाली मंच कतारका उपाध्यक्ष चानकराज पोखरेल, नेपाली जनसम्पर्क समिति कतारका सभापति बिमल सुबेदी, नेपाली जन प्रगतिसिल मंच कतारका उपाध्यक्ष दुर्गा प्रसाद प्याकुरेल, खस क्षेत्री सेवा समाज कतारका अध्यक्ष हंसराज ढकाल, नेपाल प्रवासी मगर संघ कतारका केन्द्रिय सदस्य रविन मगर, पाँचथर सेवा समाज कतारका उपाध्यक्ष खडानन्द बास्कोटा,मोरङ्ग सुनसरी सेवा समाज कतारका अध्यक्ष लोक बहादुर तामाङ, पाल्पाली सेवा समाज कतारका प्रमुख सल्लाहकार भुपराज दवाडी,तनहुँ सेवा समाजका सचिव दिल बहादुर रानाभाट,सिराहा सेवा समाज कतारका मोहमुद तुरबल अलि,गुल्मी सेवा समाज कतारका संरक्षक द्रोण बहादुर बस्नेत,प्रमुख सल्लाहकार विजय बस्नेत,शिव गौतम,भिम तरामु, महिला संयोजक मिना खड्का ओखलढुंगा सेवा समाजका अध्यक्ष बाल कृष्ण भित्रिकोटी,पाथीभरा सेवा समाजका अध्यक्ष लक्ष्मी गुरुङ, दाङ देउखुरी सेवा समाजका कार्यबाहक अध्यक्ष सोया दाहाल त्यसैगरी युवा समाज सेवी ईश्वर काफ्ले, समाज सेवी तथा व्यावसायी देव गौतमलगायत अतिथि रहनु भएको थियो।

त्यसैगरी कार्यक्रममा कान्तिपुर गल्फ साप्ताहिकका होम कार्की पत्रकार खगेन्द्र कार्की मिडियाकर्मी तथा पत्रकारहरु एवम कतार बासि गुल्मेली, गैर गुल्मेली दाजु भाई तथा दिदी बहिनीहरुको उपस्थिति रहेको थियो। आफ्नो अमूल्य समय खर्चेर आउनु भएका देउसी भैलो प्रेमी नेपालीहरुले सो रेस्टुरेन्टको सभा हल खचाखच भरिएको थियो। कार्यक्रममा संस्थाका महिला संयोजक मिना खड्काले स्वागत मन्तव्यले उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो । त्यसैगरी कलाकार डोलराज परीयारले स्वागत गित प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमको मुख्य आकर्षण रहेको देउसी भैलो कार्यक्रममा मित्र बी.एस.,डोलराज परियार,सुरज बिसी, राम ब. जि.सी., डोल बहादुर खत्री, फर्शुराम पन्थी लगायतको प्रस्तुत रहेको उक्त देउसी भैलो कार्यक्रमलाइ गुल्मेली तथा गैरगुल्मेलीहरुले कलाकारहरुलाई साथ दिदै नाचगान गरि रमाइलो गर्नु भएको थियो । सोहीे अवसरमा गुल्मी जिल्ला लगायत पश्चिमी छिमेकी जिल्लाहरुमा नाचिने मारुनी तथा सोरठी नाच समेत प्रस्तुत गरिएको थियो।

चर्चित लोक गायक डोलराज परियारले एकल गीत गाएर त्यहाँ उपस्थित सम्पूर्णलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो। गुल्मेली हास्य कलाकार सुरज बिसीले तिहार सम्बन्धी हास्य व्यंग प्रस्तुत गरेर उपस्थित सम्पूर्णलाई हसाएका थिए। साथै कार्यक्रमका प्रमुख अतिथि टि.वी. कार्की त्यसैगरी लोक बहादुर तामाङ, हंसराज ढकाल, चानक पोखरेल, रेखा राई, रामहरि गैरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। आफ्नो शुभकामना मन्तव्य संगै सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति शिव खड्काले बोल्दै कार्यक्रम सभ्यता एवम भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिनु भएको थियो। आगामी दिनमा सस्थाले आयोजाना गर्ने कार्यक्रमलाई अझ सशक्त मर्यादित र सभ्य किसिमले आयोजना गर्ने प्रतिबद्दता व्यक्त गर्दै कार्यक्रमकको समापन गर्नु भएको थियो। कार्यक्रमको संचालन संस्थाका सचिव कुमार “अविरल” पन्थीले गर्नु भएको थियो।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

2506