अब मन्त्रीविरुद्ध नै आन्दोलन गर्छु

प्राध्यापक डाक्टर गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरलले भ्रम सृजना गरेको आरोप लगाएका छन्।

सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै डा. केसी मन्त्री बिरुद्ध खनिएका हुन् । संसदको वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पास नभएपछि डा. केसीले शिक्षामन्त्रीले नै अवरोध गरेको भन्दै राजीनामा माग गरे । जवाफमा मन्त्रीले डा। केसीले ब्लाकमेलिङ गरेको आरोप लगाए भने मन्त्रालयले विज्ञप्ति जारी गर्दै डा. केसी मन्त्रालयसँग सम्पर्कमै आउन नचाहेको बताए । नेपाल समाचारपत्रमा खबर छ।

उनले शिक्षामन्त्री पोखरेलको आलोचना गरेका छन् । माथेमा आयोगको प्रतिवेदन विपरित प्रावधान राख्न तथा अध्यादेशलाई तोडमोड गरी माफियामुखी ऐन बनाउन भूमिका खेलेको उनको आरोप लगाउदै डा।केसीले सीटीईभीटी, नर्सिङलगायतका कलेजहरु कार्यक्रम सञ्चालन स्वीकृतिको पर्खाइमा रहेको भन्दै डा। केसीले भनेका छन्, ‘त्यसमा शिक्षामन्त्रीको प्रत्यक्ष स्वार्थ गाँसिएको छ ।’

‘ती कार्यक्रमहरुलाई चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारमा जान नदिने र आफैंले स्वीकृती प्रदान गरी आर्थिक लाभ लिने निहित स्वार्थ बमोजिम हामीसँग गरिएको सम्झौताका वुँदाहरु विपरित ऐन पारित गर्न गराउन पहल गरिरहेका छन् ।’उनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।





Comments

comments

Leave a Reply

25131