सामाजिक सञ्जालमा भाइरल बनिरहेको फोटोः ‘राष्ट्रपति भण्डारीको राजसी टीका’

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

सो तस्विरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ।

नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे।

तर राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएको गणतन्त्रमा समेत राष्ट्रप्रमुख (राष्ट्रपति भण्डारी) बाट राजसी प्रवृत्ति देखाईएको भन्दै उनको आलोचना भइरहेको खबर नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

Leave a Reply

25351