वाईडबडीबारे लेखा समिति ‘साढे ६ अर्ब घोटाला’

काठमाडौं, संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ।

मुल्यान्तर, अधिकतम उडानभार कटौती र कमिसनमा गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ।

समितिले विमान निर्माण कम्पनीसँग किन सिधै खरिद नगरिएको भन्नेलगायत दर्जनौ प्रश्न गरेको खबर कान्तिपुर दैनिकले छापेको छ।

वाइडबडी खरिद प्रक्रियामा महालेखाले औंल्याएका कमजोरीमा चित्तबुझ्दो जवाफ नपाइएपछि लेखा समितिले पर्यटन मन्त्रालय र निमग सञ्चालक समितिलाई लिखित प्रश्न पठाई लिखितै जवाफ माग्ने निर्णय गरेको हो।





Comments

comments

Leave a Reply

25782