जन्मगाउँ पुगेर अाइजिपी खनालले भने, ‘शिर ठाडो हुने गरी काम गर्छु’

दमौली- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँवासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताएका छन्।

आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा अाइतवार आयोजित स्वागत कार्यक्रममा महानिरीक्षक खनालले तनहुँ आफ्नो जन्म जिल्ला भएका कारण यहाँको हरेक समस्या समाधान र सुरक्षामा आफ्नो ध्यान केन्द्रित रहने बताए।

महानिरीक्षक खनालले प्रहरी र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु गरिएको र अभियान सार्थक बनाउन स्थानीयवासीको साथ र सहयोग आवश्यकपर्ने बताए। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25786