पोखरा। पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज भाडामा नभई किनेर ल्याएको बताएका छन्।
‘कागज हेर्दा खरिद गरेर ल्याएको देखिन्छ’, उनले सोमबार गृहनगर पोखरामा भने, ‘खरिद प्रक्रियामा गल्ती भेटिए कारबाही हुन्छ ।’
सरकार जमानत बसेर जहाज खरिद प्रक्रिया अघि बढेको र २५ करोड रुपैयाँ भन्सार तिरेर जहाज आएको लगायत प्रक्रिया हेर्दा खरिदै भएको विश्वास मन्त्री अधिकारीले व्यक्त गरेका हुन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।